images
images

गाईको मासु बोकेर लखरलखर हिँडेका तीन पक्राउ

  • १८ बैशाख २०८१, मंगलवार १३:३६

काभ्रेपलाञ्चोक । काभ्रेपालञ्चोकमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

काभ्रेपालञ्चोकको नमोबुद्ध नगरपालिका ११ जिमिरेका ५६ वर्षीय ईन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र जिल्लाकै डाँडाकटेरी माईती भएकी २६ वर्षीया ठुली तामाङलाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गाई काटेर बोरामा मासु बोकेर हिँड्दै गरेका उनीहरु तीनै जनालाई हिजो साँझ धुलिखेल नगरपालिका १२ ठुलीचौर जंगलबाट नियन्त्रणमा लिईएको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घट्नास्थलबाट गाईको छाला र खुट्टाहरु बरामद गरिएको छ । नेपालको संविधानले गौहत्यालाई निषेध गरेको छ ।