काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका ४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाईते भएका एक जनाको मृत्यु भएको छ ।
डढेलो निभाउने क्रममा गम्भिर घाईते भएका स्थानीय शंकर पहरीको मृत्यु भएको हो । उनको कीर्तिपुरस्थि वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । आज दिउँसो जंगलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाईते भएका थिए । घाईते रमेशको कीर्तिपुरस्थि वर्न अस्पतालमा उपचार भईरहेको छ ।
डढेलोको जोखिमपछि विरामी अन्तै सारियो
ललितपुरको गोदावरी नगरपालिका ६ आनन्द वनमा पनि डढेलो फैलिएपछि नजिकै रहेको कुष्ठरोग अस्पतालका विरामी अन्यत्र सारिएको छ ।
डढेलो फैलिएपछि अस्पताल जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना विरामी सारिएको प्रहरीले जनाएको छ । ललितपुरको गोदावरीस्थित ले ले जंगलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको हो । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी र अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।










