images
images

जंगलमा लागेको आगो गाउँमा फैलियो, १४ घर जलेर नष्ट

  • १८ बैशाख २०८१, मंगलवार १८:३८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा जंगलमा लागेको आगो वस्तीमा पस्दा १४ घर जलेको छ ।

रोशी गाउँपालिकाको वडा नम्वर ४ सानोकोटामा आगलागिबाट १४ घर जलेर नष्ट भएको हो । महादेवटार सामुदायिक वनमा लागेको आगो फैलिएर सानोकोटा गाउँमा पुगेको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरिक्षक डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागिबाट मानवीय र पशुचौपाय क्षति भने नभएको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयबासिको सहयोगमा गाउँको आगो नियन्त्रणमा आएपनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागिबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।