images
images

नाउपा संरक्षक रेशम चौधरी प्रहरीको नियन्त्रणमा, एकता घोषणा कार्यक्रम स्थगित

  • १७ बैशाख २०८२, बुधबार १३:३०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन। उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए। सोही क्रममा पक्राउ परेका हुन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो । तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो ।