images
images

नाउपा संरक्षक चौधरी रिहा

  • १७ बैशाख २०८२, बुधबार १७:४९

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

उनी पक्राउ परेको करिब साँढे ५ घण्टामै रिहा भएका हुन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको जानकारी दिनुभयो । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी  दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

आज नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ । अब रेशम रिहा भएपछि फेरि छलफल गरेर एकताको नयाँ मिति घोषणाको अर्को मिति तय गरिने नेताहरुले बताएका छन् ।