भक्तपुर । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा.डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार प्रा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको हो ।
सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको उनीहरुले बताएका छन् । नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामा दिएका हुन् ।
शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई ३० चैत २०८० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए ।
त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हुने भए पनि सरकारले अध्यादेश नै ल्याउन लागेपछि उनीहरूले राजीनामा दिएका हुन् ।



हाम्रो अपडेट 






