भक्तपुर । सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कारोबारमा कडाइ गर्ने भएको छ ।
बचतकर्ताले मागेको समयमा बचत फिर्ता नगर्ने सहकारीका संचालक एवं व्यवस्थापकको बैंक खाता रोक्का गर्नेदेखि विदेश भ्रमण रोक्नेसम्मको कानुनी व्यवस्था सरकारले गरेको छ । सरकारले सहकारी ऐन (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
अध्यादेशमार्फत सहकारी ऐन, २०७४ संशोधन तथा थप व्यवस्था गर्दै सरकारले मूल ऐनको दफा १०३ मा संशोधन गरेको छ । जस अनुसार सरकारले आवश्यकता अनुसार सहकारी प्राधिकरणको अनुरोधमा प्रहरी परिचालन गर्न सक्ने र सहकारी संचालकहरुको सम्पति रोक्का गर्दै त्यस्ता सहकारीका संचालक तथा व्यवस्थापकको विदेश भ्रमण समेत रोक्का गरिने व्यवस्था गरिएको छ ।
ऐनको उपदफा २ को खण्ड (ङ) बमोजिम प्राधिकरणले दिएको आदेशअनुसार बचत रकम फिर्ता नगर्ने वा सो कार्यमा सहयोग नगर्ने बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक, कर्मचारी, सम्बन्धित अन्य व्यक्तिको नाममा रहेको चल-अचल सम्पत्ति रोक्का गर्ने र विदेश यात्रामा प्रतिबन्ध लगाउने उल्लेख छ ।



हाम्रो अपडेट 






