विराटनगर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
कटारी नगरपालिका वडा नम्बर १४ भदौरेमा ट्रक दुर्घटना परी चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक बाराको सिमराका २५ वर्षिय सुजित घलान, सहचालक २५ वर्षिय नितेश खड्का, ट्रकमा सवार १७ वर्षिय अनुज लामा र राजन तमाङ रहेका छन् । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्वु जाँदै गरेको ना ८ ख ८२ ९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्ग अन्र्तगत कच्ची सडकखण्डमा दुर्घटना भएको हो । ट्रक सडकबाट एक सय मिटर तल खसेको थियो ।










