images
images

तारा एयर विमान दुर्घटनाः १४ जनाको शव संकलन

  • १६ जेष्ठ २०७९, सोमबार ०९:५३

मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ ।

जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्ने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । हालसम्म १४ जनाको शव फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्यनन प्राधिकरणका प्रवक्ता टेकनारायण सिटौलाले जानकारी दिनुभयो । भेटिएका शव चिन्ने अवस्थामा छैनन । अन्यको खोजीकार्य भइरहेको अधिकारीहरुले बताएका छन् ।

आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ । अहिले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।