images
images

दोलखाको गौरीशंकर हिमाललाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने

  • १६ जेष्ठ २०७९, सोमबार १४:५२

दोलखा । बागमती प्रदेश सरकारले दोलखाको गौरीशंकर हिमाललाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।

प्रदेशसभामा आज आगामी आर्थिक वर्ष २०७९/८० निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले गौरीशंकर हिमाललाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने जनाएको हो ।