
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ११ का राजन कुमार गोलेका घरपरिवारको विमान दुर्घटनामा परी मृत्यु भएको हो । उनीसहित आमाबुबा, काका–काकी र मामा–माइजुको मृत्यु भएको हो । मृतक गोलेका आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, कार्की तुलसा देवी, मामा मकरबहादुर तामाङ, माइजु सुकुमायाको मृत्यु भएको हो । मामा माइजु गाउँमै बस्ने गरेका थिए भने बाँकी सबै काठमाडौंमै बस्दै आएका थिए । शनिवार पोखराको विभिन्न् मन्दिर दर्शन गरेका उनीहरु मुक्तिनाथको दर्शन गर्नका लागि आइतबार तारा एयरको जहाज चढेर जोमसोमका लागि उडेका थिए । तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । उनीहरुसँगै तारा एयरको जहाजमा रहेका २२ जनाको दुर्घटनामा मृत्यु भएको हो ।