images
images

बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

  • १६ जेष्ठ २०७९, सोमबार १७:००

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको हो। सरकारले ‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, सरुवा रोगहरूको जोखिम नियन्त्रण र कोभिड–१९ जस्ता महामारीको प्रतिकार्यको प्रभावकारी व्यवस्थापनको लागि कम्तीमा ५० बेडको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यलाई अगाडि बढाउने भएको छ ।