images
images

दोलखाका वडा कार्यालयमा लगातार तोडफोड, दोषीको पहिचान हुन सकेन

  • १६ जेष्ठ २०८०, मंगलवार १६:१३

दोलखा । दोलखामा श्रृंखलावद्ध रुपमा चोरीका घटना हुन थालेको छ ।

दुई दिनको अवधिमा दुई वटा वडा कार्यालय, पाँच वटा घर तथा सहकारी र विद्यालय गरी एक दर्जन भन्दा बढी स्थानमा तोडफोड र चोरीका घटना भएका छन् । आईतबार राति गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुको वडा कार्यालय सहित एकै पटक ९ स्थानमा तोडफोड र चोरीको घटना भएको थियो भने सोमबार राति पनि वैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाको वडा कार्यालय भवन र स्थानीय दुई जना व्यक्तिको घरमा चोरी भएको हो । क्षेत्रपाको वडा कार्यालय भवनको मुख्य गेटको ताला फोडेर भित्र पसेको अज्ञात समुहले वडाअध्यक्ष, सचिव सहित सवैको कार्यकक्षको ताल्चा तोडफोड गरेको छ ।

कार्यालयभित्र रहेका दराज र फाइलहरु राखिएका स्थानमा कागजात छरिनेगरी अज्ञात समुहले खोजी गरेको देखिएको वडा नम्बर ८ का वडाध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यलयमा ठुलो रकम नभएको र अन्य महत्वपुर्ण कागजात हराए/नहराएको विषयमा अनुसन्धान भइरहेको छ । अज्ञात समुहले स्थानीय प्रेम बहादुर खड्का र कृष्ण बहादुर जिरेलको घरमा पनि तोडफोड गरी चोरी गरेको छ ।

दोलखामा श्रृंखलावद्ध रुपमा चोरीका घटना हुन थालेको छ । दुई दिनको अवधिमा दुई वटा वडा कार्यालय, पाँच वटा घर तथा सहकारी र विद्यालय गरी एक दर्जन भन्दा बढी स्थानमा तोडफोड र चोरीका घटना भएका छन् ।जिल्लामा लगातार चोरीका घटना हुन थालेपछि स्थानीयमा त्रास फैलिएको छ । सरकारी कार्यालय, सहकारी, विद्यालय र मानिस नबसेको घरमा यसरी एकपछि अर्को गर्दै चोरीका घटना हुनु रहस्यको विषय भएको र चोरी गर्ने गिरोहको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएका दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो ।

यसअघि हिजो गौरीशंकर गाउँपालिका १ जुँगुको वडा कार्यालयमा अज्ञात समुहले कार्यालय तोडफोड गर्नुका साथै नगद ३ लाख २० हजार रकम चोरी गरेको थियो । राजस्व वापत संकलन भएको सो रकम चोरी भएको हो ।यसका साथै हिमचुली सहकारी, विद्यालय, स्वास्थ्य ईकाई तथा स्थानीयको घरमा पनि चोरी भएको थियो । यसरी एकपछि अर्को तोडफोड र चोरीका घटना हुन थाले पनि दोषिको पहिचान हुन नसकेको दोलखा प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा श्रृंखलावद्ध रुपमा चोरी र तोडफोडका घटना भएपनि अहिलेसम्म दोषिको पहिचान हुन नसकेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । घटना भएका स्थानमा प्रहरी टोली खटाएर अनुसन्धानको काम भइरहेको उहाँले बताउनुभयो । जिल्लामा लगातार चोरीका घटना हुन थालेपछि स्थानीयमा त्रास फैलिएको छ ।

सरकारी कार्यालय, सहकारी, विद्यालय र मानिस नबसेको घरमा यसरी एकपछि अर्को गर्दै चोरीका घटना हुनु रहस्यको विषय भएको र चोरी गर्ने गिरोहको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएका दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो ।