images
images

चर्णावतीधाम महायज्ञ सम्पन्न, बृद्धाश्रम सञ्चालनका लागि एक करोड बढी रकम जुट्यो

  • १६ जेष्ठ २०८०, मंगलवार १८:५८

दोलखा । दोलखाको शैलुङ गाउँपालिका–७ फस्कूस्थित चर्णावतीधाममा श्रीमद् देवी भागवत् महायज्ञ सम्पन्न भएको छ ।

जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि चर्णावतीधाममा आयोजना गरिएको महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा एक करोड भन्दा बढी रकम उठेको छ । चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघ दोलखाका अध्यक्ष गुणबहादुर बुढाथोकीका अनुसार महायज्ञमा नगद एक करोड ५ लाख भन्दा बढी  संकलन भएको हो भने एक करोड बढीको प्रतिवद्धता आएको छ । महायज्ञमा वैतेश्वर गाउँपालिका १ गैरीमुदीकी शारादा उप्रेति घिमिरेले सवैभन्दा बढी १५ लाख २ हजार रकम दान गर्नुभएको छ भने भीमेश्वर नगरपालिका ३ का प्रभुराम श्रेष्ठले ११ लाख तथा शैलुङ गाउँपालिका ८ का सोवित उप्रेतिले ३ लाख रकम दान गर्नुभएको छ ।

जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि मेलुङ गाउँपालिकाले १० लाख, शैलुङले १५ लाख, वैतेश्वरले १५ लाख ६० हजार, जिरी नगरपालिकाले १० लाख, तामाकोशी गाउँपालिकाले १० लाख, विगु, कालिञ्चोक, गौरीशंकर गाउँपालिका र भीमेश्वर नगरपालिकाले पनि सहयोग गर्ने घोषणा गरेको महायज्ञ प्रचारप्रसार समितिका संयोजक शिवकुमार भूजेलले जानकारी दिनुभयो । चर्णावतीधाममा यही जेठ ७ गतेदेखि १५ गतेसम्म ९ दिन श्रीमत देवि भागत ज्ञान महायज्ञ आयोजना गरिएको थियो ।

महायज्ञ स्थलको पूर्ब प्रधानमन्त्री एबम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राप्रपाका सांसद धवलशमशेर राणा र राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतले पनि अवलोकन गरेका थिए । धार्मिक पर्यटकीय स्थानको रुपमा समेत चर्नावती त्रिवेणी रामघाट धामलाई विकास गर्ने उद्धेश्यले महायज्ञ लगाइएको थियो ।