images
images

संघबाट दोलखाको स्थानीय तहलाई तीन अर्ब ३८ करोड बजेट विनियोजन (कुन पालिकालाई कति )?

जिरी (दोलखा) । दोलखाको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब ३८ करोड भन्दा बढी रकम पाउने भएका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब ३८ करोड ३८ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ तीन अर्ब ११ करोड ८४ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ५४ लाख रुपैैंया मात्रै रकम छुट्याइएको छ । सबैभन्दा बढी सर्शत अनुदानतर्फ दुई अर्ब १७ करोड ९३ लाख रकम विनियोजन हुँदा सबै भन्दा कम विशेष अनुदानतर्फ आठ करोड ४५ लाख बजेट विनियोजन भएको छ । पालिकास्तरीय बजेट हेर्ने हो भने बढी बजेट विनियोजन हुनेमा भीमेश्वर नगरपालिका रहेको छ । सबैभन्दा कम भने जिरी नगरपालिकाले पाउने भएको छ । भीमेश्वर नगरपालिकाले चालुतर्फ ४८ करोड ६० लाख, पूँजीगततर्फ तीन करोड १९ लाख गरी जम्मा ५१ करोड ७९ लाख बजेट पाउनेछ ।

सबै भन्दा कम पाउने जिरी नगरपालिकाको लागि ३१ करोड ८२ लाख बजेट विनियोजन भएको हो । जसमा पूँजीगततर्फ ३० करोड २ लाख र चालुतर्फ एक करोड ८० लाख रहेको छ । यसैगरी, दोस्रो बजेट कालिञ्चोक गाउँपालिकाको भागमा परेको छ । कालिञ्चोक गाउँपालिकाले चालुतर्फ ४० करोड १४ लाख र पूँजीगततर्फ एक करोड ९८ लाख गरी कुल ४२ करोड १२ लाख बजेट पाउनेछ ।

जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगत अनुदान गरी तीन अर्ब ३८ करोड ३८ लाख रकम प्राप्त गर्ने भएका हुन् । पालिकास्तरीय बजेट हेर्ने हो भने बढी बजेट विनियोजन हुनेमा भीमेश्वर नगरपालिका रहेको छ । सबैभन्दा कम भने जिरी नगरपालिकाले पाउने भएको छ ।सबै भन्दा कम पाउने जिरी नगरपालिकाको लागि ३१ करोड ८२ लाख बजेट विनियोजन भएको हो ।  

तामाकोशी गाउँपालिकाले चालुतर्फ ३६ करोड ६० लाख र पूँजीगत दुई करोड ६९ लाख गरी ३९ करोड २९ लाख, शैलुङ गाउँपालिकाले चालुतर्फ ३० करोड ९४ लाख र पूँजीगततर्फ ५ करोड ६३ लाख गरी ३६ करोड ५७ लाख, गौरीशंकर गाउँपालिकाले चालुतर्फ ३१ करोड ५४ लाख र पूँजीगततर्फ तीन करोड ७१ लाख गरी ३५ करोड २५ लाख र मेलुङ गाउँपालिकाले चालुतर्फ ३२ करोड २१ लाख तथा पूँजीगततर्फ दुई करोड २८ लाख गरी ३४ करोड ४९ लाख बजेट पाउने भएका छन् ।

यसैगरी, आगामी आर्थिक वर्ष संघीय सरकारबाट बैतेश्वर गाउँपालिकाले चालुतर्फ ३१ करोड २५ लाख र पूँजीगततर्फ तीन करोड १८ लाख गरी कुल ३४ करोड ४३ लाख रुपैंया र विगु गाउँपालिकाले चालुतर्फ ३० करोड ५४ लाख र पूँजीगततर्फ दुई करोड ८ लाख गरी कुल ३२ करोड ६२ लाख रकम पाउनेछन् । हिजो सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको थियो । सो क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदेश र स्थानीय सरकारलाई प्रदान गर्ने बजेटको समेत जानकारी दिनुभएको थियो । संघले स्थानीय सरकारलाई सशर्त, समानीकरण, विशेष र समपुरक अनुदान गरी ४ शीर्षकमा बजेट दिने गरेको छ ।

दोलखा सहित १३ जिल्ला समेटिएको सिंगो बागमती प्रदेश सरकारले भने आगामी आर्थिक वर्ष संघबाट १५ अर्ब ८१ करोड २३ लाख बजेट पाउने भएको छ ।

हेर्नुहोस, कुन शीर्षकमा कति बजेट ? ( लाखमा)