images
images

सुर्खेतमा जिप दुर्घटनाः ४ जनाको मृत्यु

  • १७ जेष्ठ २०८१, बिहीबार ०७:२३

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङगला नजिकै जिप दुर्घटना हुँदा ८ जना सवार रहेकोमा ४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले हालसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।