सिन्धुली । ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना हुँदा २५ जन घाईते भएका छन् ।
बर्दिबासबाट बैंकका कर्मचारी लिएर काठमाडौँ जाँदै गरेको ००१ प १७३२ नम्वरको बस सिन्धुलीको गोलञ्जोर गाउँपालिका – ७ मा दुर्घटना हुँदा २५ जना घाईते भएका हुन् । घाईते मध्य १६ जनालाई काठमाडौँ रिफर गरिएको छ भने ९ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको सिन्धुलीका डिएसपी अनिलकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते सबैको अवस्था सामान्य रहेको छ ।
दुर्घट्नाग्रस्त बसमा सवार चार जनाको भने सकुशल उद्धार गरिएको सिन्धुली प्रहरीले जनाएको छ । बस सडकबाट १० मिटर तल पल्टिएर घरमा ठोक्किन पुगेको थियो ।










