दोलखा । दोलखाको विगु गाउँपालिकाका एक पुरुषको १० लाख भन्दा बढी रकम नाटकीय ढंगले लुटपाट भएको छ ।
जिल्लाको विगु गाउँपालिका वडा नम्बर ४ लादुकका विरेन्द्र कटुवालको १० लाख २० हजार नगद नाटकीय ढंगले लुटपाट भएको हो । कटुवालको साथमा भएको १० लाख २० हजार नगद कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ झमार्सी स्थित जङ्गलमा लुटपाट भएको हो । चरिकोटबाट लामाबगरतर्फ जादै गरेको प्रदेश ३–०२–००७ प ८३०४ नम्बरको मोटरसाइकलमा सवार कटुवालको साथमा भएको नगद नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा सवार तिन जनाको समुहमा आएका पुरुषहरुले लुटपाट गरेको भन्ने जानकारी प्राप्त भएको दोलखाका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
झमार्सी स्थित जंगलमा मोटरसाइकल रोकेर शौच गर्न गएका बेला अज्ञात समुहले आक्रमण गरेर नगद लुटेको कटुवालको दावी छ । लामाबगरमा ऋण तिर्नका लागि साथीबाट १० लाख २० हजार नगद लिएर जाने क्रममा झमार्सीमा तिन जनाको समुहले आफुलार्ई घाइते बनाएर नगद लुटपाट गरेको उनले दाबी गरेका छन् । घाईते कटुवालले सिंगटी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएकाले हाल ट्रमा सेन्टरमा उपचार भैरहेको बताएका छन् ।
विगु गाउँपालिका वडा नम्बर ४ लादुकका विरेन्द्र कटुवालको १० लाख २० हजार नगद नाटकीय ढंगले लुटपाट भएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गंगा पौडेलले घटना नाटकीय ढंगले भएको बताउनुभयो । ऋण लिएको साथीको फोन स्विच अफ हुनु, घाइते भएका कटुवाल आफैंले प्रहरीलाई ढिलोगरी नगद लुटियो भन्ने जानकारी गराउनु शंकास्पद भएको उहाँको भनाई छ ।
यद्धपी, कटुवालले सो रकम कुन व्यक्तिवाट ऋण वा सापटी लिएका हुन् र कसको ऋण तिर्न नगद लिएर लामाबगर गएको भन्ने बारे केही खुलाएका छैनन् । उनले ऋण लिएको साथीको नाम नखुलाउने र साथी दिल्ली पुगिसकेको बताएका छन् । सामान्य ठेक्कपट्टाको काम समेत गर्दै आएका कटुवाल नेपाली कांग्रेशको बिगु–काठमाण्डौ सम्पर्क मञ्चका सभापति पनि हुन् ।
दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गंगा पौडेलले घटना नाटकीय ढंगले भएको बताउनुभयो । ऋण लिएको साथीको फोन स्विच अफ हुनु, घाइते भएका कटुवाल आफैंले प्रहरीलाई ढिलोगरी नगद लुटियो भन्ने जानकारी गराउनु शंकास्पद भएको उहाँको भनाई छ । नगद लुटपाट गरी चोरी गर्ने समूहको आक्रमणबाट परी गम्भीर घाइते भएका भनिएका कटुवालको अवस्था अस्पतालमा बुझ्दा सामान्य देखिएको डिएसपी पौडेलको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










