images
images

बागमती प्रदेश सरकारको विनियोजन विधेयक बहुमतले स्विकृत

  • १६ असार २०७९, बिहीबार १४:२७

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले स्विकृत भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ लाई पारित गरियोस भनि पेश गरेको प्रस्ताव बहुमतले स्विकृत भएको हो । बैठकले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक २०७९ पनि पारित गरेको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अन्र्तगत विभिन्न मन्त्रालयको शीर्षकहरुमाथि सांसदहरुले खर्च कटौतीको प्रस्ताव गरेका थिए ।

बैठकमा सरकारको विभिन्न मन्त्रालय र निकायको बजेटका शीर्षकहरुमाथि १९ जना सांसदहरुले खर्च कटौतीको प्रस्ताव गरेका हुन् । तर उनीहरुले राखेको खर्च कटौतीको प्रस्ताव प्रदेशसभाको बैठकमा बहुमतले अस्विकृत भएको छ ।