images
images

शैलुङमा बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

  • १६ असार २०७९, बिहीबार १८:०६

जिरी (दोलखा) । दोलखाको शैलुङ गाउँपालिकामा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शैलुङ गाउँपालिका ८ स्थित होमबहादुर भुजेलका १९ महिनाका छोरा भुपेन्द्र भुजेलको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो । बालक खेलिरहेको अवस्थामा पानी भएको बाल्टिनमा डुब्दा उनको मृत्यु भएको शैलुङ ८ का वडाध्यक्ष धनबहादुर तामाङले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।