images
images

काभ्रेपलाञ्चोकमा बस दुर्घटनाः एक जनाको मृत्यु, २१ जना घाईते

  • १६ असार २०७९, बिहीबार १८:४३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् ।

बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस बनेपा नगरपालिका वडा नम्बर ११ मा दुर्घटना भएको हो । दुर्घटनामा परी भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षिया लेखकुमारी बस्नेतको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । अस्पतालका कर्मचारी बोकेर ओरालो झर्ने क्रममा बा १ क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झरेर रुखमा अड्किएको छ । ३८ जना सवार बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाईते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।