दोलखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दोलखाको तामाकोशी गाउँपालिका ईन्चार्ज एबम् बागमती कमिटी सदस्य उपेन्द्र अधिकारी लगायत दुई जना नेतामाथि कुटपिट भएको छ ।
हिजो साँझ नेता अधिकारी र तामाकोशी गाउँपालिका कमिटी कोषाध्यक्ष तथा तामाकोशी कार्यपालिका सदस्य सुमन मिजारमाथि कुटपिट भएको हो । कामको सिलसिलामा तामाकोशी–२ झुलेको वडा सम्मेलन सकेर घर फर्कने क्रममा मालु डाँडागाउँ ४ मा हिजो बेलुकी उनीहरुमाथि कुटपिट भएको नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ । माओवादी केन्द्र दोलखाले बिज्ञप्ति जारी गर्दै गयराती गोपाल तिमिल्सेना, हरि योगी, सुमन मिजार (वयलकोटी) लगायतको समुहले सांघातिक आक्रमण गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठले बाटो हिँडिरहेका आफ्नो पार्टीका युवा नेतामाथि गरिएको आक्रमण रहस्यमय भएको भन्दै यसको उचित छानविन गरि दोषीलाई कानुनको दायरामा ल्याउनको लागि माग गर्नुभएको छ । घाईते दुई नेताको सामुदायिक अस्पताल चरिकोटमा उपचार भैरहेको छ ।











