दोलखा । दोलखाको गौरींशकर गाउँपालिकाले गत आर्थिक बर्ष २०७८/७९ मा ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ ।
गाउँपालिकाले गत बर्ष २५ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा ३० लाख २३ हजार ५ सय ४९ रुपैयाँ आन्तरिक आम्दानी गरेको हो । गौरीशंकर गाउँपालिकाले गत बर्ष लक्ष्यभन्दा ५ लाख २३ हजार ५ सय ४९ रुपैयाँ बढी आन्तरिक आन्तरिक आम्दानि गरेको हो । गत बर्ष अघिल्ला वर्षहरुमा तिर्न बाँकी रहेका नागरिकले कर तिर्नुका साथै अघिल्ला वर्षहरुको आधारमा गत वर्ष कम आम्दानी गर्ने लक्ष्य राखिएका कारण गाउँपालिका बढी आन्तरिक आम्दानी गर्न सफल देखिएको प्रमुख प्रशासकीय अधिकृत पवन कुमार प्याकुरेलले जानकारी दिनुभयो ।
दोलखाको गौरींशकर गाउँपालिकाले गत आर्थिक बर्ष २०७८/७९ मा ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । गौरीशंकर गाउँपालिकाले गत बर्ष लक्ष्यभन्दा ५ लाख २३ हजार ५ सय ४९ रुपैयाँ बढी आन्तरिक आन्तरिक आम्दानि गरेको हो । गौरीशंकर गाउँपालिकाले गत बर्ष सबैभन्दा बढी मालपोत दस्तुरबापत ८ लाख ४५ हजार आन्तरिक आम्दानी गरेको छ भने सबैभन्दा कम बोलपत्र दस्तुरबापत ७० हजार आम्दानी गरेको छ ।
गौरीशंकर गाउँपालिकाले गत बर्ष सबैभन्दा बढी मालपोत दस्तुरबापत ८ लाख ४५ हजार आन्तरिक आम्दानी गरेको छ भने सबैभन्दा कम बोलपत्र दस्तुरबापत ७० हजार आम्दानी गरेको छ । यस्तै, मेसिनरी औजार वाहाल बापत ४ लाख, फर्म, संस्था दर्ता तथा नविकरणबाट २ लाख ५० हजार, घरबहाल करबापत २ लाख, सिफारिस दस्तुबाट १ लाख ६० हजार र अन्य करबाट १० लाख ९८ हजार ५ सय ४९ रुपैँया संकलन भएको गाउँपालिकाका आन्तारिक लेखा परीक्षक नबिन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सबै शिर्षकबाट लक्ष्यभन्दा बढी नै आन्तरिक आम्दानि भएको छ ।
यसैबीच, गत बर्ष गौरीशंकर गाउँपालिकाले संघीय सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने मुल्यअभिवृद्धि कर र अन्तरशुल्क बाडफाँडबापात ९ करोड १२ लाख ६४ हजार ४ सय २४ रुपैँया प्राप्त गरेको छ । साथै बागमति प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ प्राप्त हुने सवारी साधन करवापत २ करोड २० लाख २९ हजार ६ सय ५५ रुपैँया प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।










