जिरी (दोलखा) । नेपाली कांग्रेस रामेछापको विवाद केन्द्रसम्म पुगेको छ ।
कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध उजुरी केन्द्रीय कार्यालय सानेपासम्म दर्ता भइसकेको हो । सानेपामा कान्छारामविरुद्ध १९ बुँदे आरोपसहितको उजुरी दर्ता भएको छ । रामेछाप कांग्रेसको यो विवाद जिल्ला हुँदै केन्द्रसम्म पुगेको हो ।
निवर्तमान जिल्ला सभापति लवश्री न्यौपाने र पूर्व सभापति रामचन्द्र खड्काको नेतृत्वमा जिल्ला कार्यसमितिका बहुमत सदस्यहरूले जिल्ला सभापति तामाङलाई कारबाही गर्न माग गरेका छन् । सभापतिको विरुद्धमा पूर्व जिल्ला सभापति, वर्तमान पदाधिकारी, महासमिति सदस्यहरु र जिल्ला कार्यसमितिका सदस्यहरुनै लागेका छन् । तामाङमाथि कारबाही माग गर्नेमा पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, निवर्तमान सभापति लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधि अर्जुनकुमार केसी, बागमती प्रदेश सदस्य भीमसेन, उज्ज्वलराम घिमिरे, जिल्ला उपसभापति नवराज थोकर, सचिव विनोद कार्कीसहित दुवै प्रदेशसभाका क्षेत्रीय सभापति र जिल्लाका प्रभावशाली नेताहरू गरी ३५ जना रहेका छन् ।
सानेपामा कान्छारामविरुद्ध १९ बुँदे आरोपसहितको उजुरी दर्ता भएको छ । रामेछाप कांग्रेसको यो विवाद जिल्ला हुँदै केन्द्रसम्म पुगेको हो । निवर्तमान जिल्ला सभापति लवश्री न्यौपाने र पूर्व सभापति रामचन्द्र खड्काको नेतृत्वमा जिल्ला कार्यसमितिका बहुमत सदस्यहरूले जिल्ला सभापति तामाङलाई कारबाही गर्न माग गरेका छन् । असन्तुष्ट समुहले तामाङलाई बर्खास्त गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् ।
उनीहरुले तामाङविरुद्ध १९ वटा आरोप लगाएको छ । जसमा पार्टी सञ्चालनमा अलोकतान्त्रिक कार्यशैली अपनाएको, स्थानीय निर्वाचनमा सही भूमिका निर्वाह गर्न नसकेको, पार्टीका पुराना नेताहरूलाई अपमानजनक व्यवहार गरेको, पार्टी सदस्यता नभएकालाई टिकट दिएको, शुभेच्छुक संस्थाका अध्यक्षलाई विधान विपरीत कारबाही गरेको, जातीय सद्भावमा खलल पु¥याएको लगायतका आरोप रहेका छन् । असन्तुष्ट समुहले तामाङलाई बर्खास्त गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । यस अघि २५ जना जिल्ला कार्यसमिती सदस्यहरुले पनि सभापती तामाङको बिरुद्धमा ज्ञापन पत्र बुझाई सकेको छ ।
यद्धपी, सभापति तामाङले भने आफूमाथि लगाइएको १९ बुँदे आरोपमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीलाई विधि र विधान अनुसारनै सञ्चालन गर्र्दै आएको दावी गरेका छन् ।











