images
images

पासपोर्ट बनाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा सिन्धुपाल्चोकका दुईसहित चार जना पक्राउ

  • १४ श्रावण २०७९, शनिबार १८:२८

काठमाडौं । काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा सिन्धुपाल्चोकका २ जना सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, राम पौडल, धनकुटाका श्यामकुमार राई र काठमाडौंका विवेक गुरुङ रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको प्रहरीले जनाएको छ ।