images
images

दोलखाका अग्रज पत्रकार लक्ष्मण खड्का प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षमा चयन

  • १४ श्रावण २०७९, शनिबार १९:५६

दोलखा । दोलखाका अग्रज पत्रकार लक्ष्मण खड्का माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।

१४ औँ महाधिवेशन भएको ८ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजोदेखि जारी केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले केन्द्रीय उपाध्यक्षमा खड्कालाई चयन गरेको हो । वैतेश्वर गाउँपालिका वडा नम्बर ३ यार्सा घर भएका खड्का २२ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनी सामुदायिक रेडियो प्रशारकसंघ अको¥यावका पूर्वकोषाध्यक्षका साथै प्रेस सेन्टर नेपाल बागमती प्रदेशका केन्द्रीय सचिव एवम् ईञ्चार्ज हुन् । खड्काले पछिल्लो समय नेकपा माओवादी केन्द्रको केन्द्रीय प्रचार विभागको सदस्यको रुपमा काम गर्दै आएका छन् । उनी सामाजिक र पत्रकारिता क्षेत्रका अभियान्ताका रुपमा परिचित छन् ।

यस्तै, केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लगाएकोे छ । जसअनुसार संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । यसैगरी, पत्रकार लक्ष्मण खड्कासहित १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव चयन भएका छन् । प्रेस सेन्टरको अध्यक्षमा भने यसअघि नै विष्णु सापकोटा चयन भइसकेका छन् ।
२०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औँ महाधिवेशनले अध्यक्षमा सापकोटालाई चयन गरेर पदाधिकारी टुंगो लगाउन बाँकी रहेकोमा आज सम्पूर्ण पदाधिकारीको टुंगो लागेको हो ।