images
images

सेयर बजार २७ सय अंक नजिक, होटल तथा पर्यटन समूह सबैभन्दा धेरै प्रतिशतले बढ्यो

  • १५ श्रावण २०८१, मंगलवार १५:२६

काठमाडौं । आज सेयर बजार २७ सय अंक नजिक पुगेको छ ।

अघिल्लो दिन २० दशमलव ६३ अंक घटेको बजार आज ३५.५५ अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ । कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो । आज १८९ कम्पनीको मूल्य बढेको छ भने ४७ कम्पनीको शेयर घट्दा ६ को स्थिर रहेको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५ दशमलव ९९ प्रतिशतले बढेको छ ।

यस्तै फाइनान्स ५ दशामलव ९८, हाइड्रोपावर ३ दशमलव १२, लगानी ३ दशालव १५, जीवन बीमा ० दशमलव ५८, उत्पादन ०दशमलव ३५, माइक्रोफाइनान्स ०दशमलव ९८, अन्य ३ दशमलव ५, विकास बैंक २ दशमलव ४० प्रतिशतले बढेको छ । बैंकिङ ० दशमलव ७६, व्यापार ० दशमलव ५७ र निर्जीवन बीमा ०दशमलव ३६ प्रतिशत घटेको छ ।