images
images

शैलुङ र बिगु गाउँपालिकाको अझै आएन बजेट, जनप्रतिनिधिको विवाद र कर्मचारी अभाव मुख्य कारण

दोलखा । दोलखाको दुई स्थानीय तहले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट अझै ल्याउन सकेका छैनन् ।

नयाँ आर्थिक बर्ष सुरु भैसके पनि जिल्लाको शैलुङ र बिगु गाउँपालिकाले अझै चालु आर्थिक वर्षको बजेट ल्याउन नसकेका हुन् । बजेटमा राजनीतिक दलहरुको आ–आफ्नै स्वार्थ, स्थानीय तहमा देखिने राजनीतिक द्धन्द्ध, प्रमुख प्रशासकीय अधिकृत नहुनु, जनप्रतिनिधि र कर्मचारीबीचको विवाद लगायतका प्रमुख कारण छन् । गाउँपालिकाको अध्यक्ष एउटा दलवाट निर्वाचित हुनु र कार्यपालिकामा बहुमत अर्को दलको हुँदा पनि त्यसको असर बजेट निर्माणमा पर्ने गरेको छ ।

दोलखाको शैलुङ गाउँपालिकाले बजेट ल्याउन आव्हान गरेको गाउँसभा दुई पटक स्थगित भैसकेको छ । शैलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउन असार १० गते र साउन ५ गते बोलाएको गाउँसभा बैठक स्थगित बजेट निर्माणमा सहमति नजुटि स्थगित भएको थियो । असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेका थिए ।

साउन ५ गते बजेट ल्याउने तयारी गरी गाउँसभा बैठक बोलाएपनि सो बैठक समेत बस्दै नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । जनप्रतिनिधिबीचको विवादले गाउँसभा पटक–पटक स्थगित हुँदा पालिकाले चालु वर्षको बजेट ल्याउन सकेको छैन ।
४२ सदस्यीय कार्यपालिका रहेको शैलुङमा उपाध्यक्ष सहित २६ जना एमाले तथा पालिका अध्यक्ष सहित १६ जना नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।

नयाँ आर्थिक बर्ष सुरु भैसके पनि जिल्लाको शैलुङ र बिगु गाउँपालिकाले अझै चालु आर्थिक वर्षको बजेट ल्याउन नसकेका हुन् । गाउँपालिकाको अध्यक्ष एउटा दलवाट निर्वाचित हुनु र कार्यपालिकामा बहुमत अर्को दलको हुँदा पनि त्यसको असर बजेट निर्माणमा पर्ने गरेको छ । कार्यपालकामा बहुमत रहेको एमालेवाट निर्वाचित जनप्रतिनिधि र पालिका अध्यक्ष वीच योजना र बजेटका बारेमा सहमति जुट्न नसकेको हो ।

कार्यपालकामा बहुमत रहेको एमालेवाट निर्वाचित जनप्रतिनिधि र पालिका अध्यक्ष वीच योजना र बजेटका बारेमा सहमति जुट्न नसकेको हो । गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले कार्यपालिका वैठकमा सहमति जुटाएर तेस्रो पटक गाउँ सभा आव्हान गर्ने तयारी भइरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले राजनीतिक स्वार्थ भन्दा माथि उठेर गाउँपालिकाको विकास निर्माणको एजेण्डामा एकमत हुन जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभएको छ ।

नेकपा एमालेबाट शैलुङ गाउँपालिका–८ मा निर्वाचित वडाअध्यक्ष धनबहादुर तमाङले वडाको भूगोल र जनसंख्याको आधारमा बजेट आउनु पर्ने भन्दै सो विषयमा आफुहरुको अडान कायम रहेको बताउनुभयो । एमालेबाट निर्वाचित वडा नम्बर २ का अर्का वडाअध्यक्ष तिर्थबहादुर श्रेष्ठले भने पालिकाले सबै वडाको विकासलाई ध्यान दिनुपर्ने भन्दै सानो कुरामा अल्झेर गाउँसभालाई विवादमा ल्याउन नहुने धारणा राख्नुभयो ।

यसकारण ल्याउन सकेन बिगु गाउँपालिकाले बजेट

दोलखाको बिगु गाउँपालिकाले पनि अझै बजेट ल्याउन सकेको छैन । पालिकाको गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेपनि बजेट अझै आउन नसकेको हो । निर्वाचित जनप्रतिनिधिबीच विवाद रहेको तथा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध समेत सहज नभएका कारण समयमै बजेट ल्याउन नसकेको बताईएको छ ।

बजेट ल्याउने समयमै बिगु गाउँपालिकाका कर्मचारीहरुले जनप्रतिनिधिसँग असन्तुष्टि जनाउँदै गत असारमा ‘पेन डाउन’ समेत गरेका थिए । जनप्रतिनिधि वीचको विवाद र कर्मचारीको पेन डाउनका कारण बिगु गाउँपालिकाले गत आर्थिक वर्षका कतिपय योजना र कार्यक्रमको रकम समेत भुक्तानी गर्न सकेको छैन । यस बिषयमा जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष सञ्जीव ओलीलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

दोलखाको बिगु गाउँपालिकाले पनि अझै बजेट ल्याउन सकेको छैन । गाउँपालिकाका प्रबक्ता लोकबहादुर नेपालीले भने लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुनु तथा लेखा र योजना शाखामा काम गर्ने पर्याप्त कर्मचारी नहुँदा पनि समयमा बजेट ल्याउन नसकिएको बताउनुभयो । 

बिगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामीले भने प्राबिधिक कारणले बजेट ल्याउन ढिलाई भएको बताउनुभएको छ । उहाँले चाँडै सहमति गरेर छिट्टै पालिकाको बजेट आउने बताउनुभयो । गाउँपालिकाका प्रबक्ता लोकबहादुर नेपालीले भने लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुनु तथा लेखा र योजना शाखामा काम गर्ने पर्याप्त कर्मचारी नहुँदा पनि समयमा बजेट ल्याउन नसकिएको बताउनुभयो । उहाँले वडागत बजेटको सिलिङ भने तयारी भइसकेको जानकारी दिनुभयो । बिगु गाउँपालिकाले गत आर्थिक वर्ष पनि समयमै बजेट ल्याउन सकेको थिएन ।

स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक बर्षको बजेट पारित गर्नुपर्ने उल्लेख छ । तर, दोलखाको शैलुङ र बिगु गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।