images
images

माओवादीले विश्वासको मत नदिए ब्याज लाग्छः मुख्यमन्त्री लामा

  • १५ श्रावण २०८१, मंगलवार १७:०८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले माओवादीले आफूलाई विश्वासको मत नदिने ब्याज लाग्ने बताउनुभएको छ ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेसपछि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामाले विगतमा कांग्रेस प्रतिपक्षमा रहेर तत्कालीन शालिकराम जम्कट्टेललाई मत दिएको भन्दै यस्तो बताउनुभएको हो । विगतमा मत हालेको आधारमा माओवादीलाई विश्वासको मत पैँचो बाँकी रहेको उहाँको भनाई छ । पैँचो फिर्ता हुन्छ भन्नेमाआफू विश्वस्त रहेको भन्दै मुख्यमन्त्री लामाले विश्वासको मत नदिए ब्याज लाग्ने रोचक कुरा गर्नुभयो । वर्तमान सरकारले राजनीतिक स्थिरता र व्यवस्थालाई बलियो बनाउन काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।