images
images

बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

  • १५ श्रावण २०८१, मंगलवार १७:१५

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत पाएका छन् ।

गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले आज प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेका २७ सांसदले विश्वासको मत दिएका छन् । कांग्रेस संसदीय दलका नेता समेत रहेका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेका २७ सांसदले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १ सय ४३ को उपनियम १ बमोजिम संसदबाट विश्वासको मत लिएका हुन् ।