images
images

नेपाली नारीहरुले महादेवको पुजा आरधना गरी तीज पर्व मनाउँदै

  • १४ भाद्र २०७९, मंगलवार ०६:३१

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज, आज नेपाली महिलाहरुले महादेवको पुजा आराधना गरी मनाउँदै छन् ।
आजको दिन ब्रत बसी शिव पार्वतीको पुजा, उपसना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार ब्रत बसि हिमालयकी पुत्रि पार्वतीले महादेव पति पाएकाले आजको दिनमा ब्रत बस्दा मनोकामना पुरा हुने विश्वास छ । अटल सौभाग्यको कामना लागि, सन्तान प्राप्तिका लागि, विवाहित महिलाहरु पानी समेत नखाई शिवको पुजाआरधना गर्दै आफ्नो पतिको दिर्घायु, सु–स्वास्थ्यको कामना गरी व्रत बस्दछन भने अविवाहित महिलाहरु सु–योग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने प्रचलन छ । तिजको दिन महिलाहरु विभिन्न तिर्थ स्थल, मन्दिर तथा देवालयहरुमा गई शिव पार्वतीको पुजा उपशना गरेर तीज सम्वन्धी गित, भजन र चुट्का गाएर मनाउने परम्परा सनातन हिन्दु संस्कृतिमा रहेको छ । सोहि अनुसार महिलाहरु सौभाग्यको सुचक धागो, पोते, टिका, गरगहना र रङ्गिचङ्गि कपडा पहिरिएर शिव मन्दिरहरुमा भेला हुने गर्दछन् ।

यसैबिच, राष्ट्रपति विद्यादेवीभण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरु थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तिजको अवसरमा सुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभएको हो । नारी सामथ्र्यलाई अभिव्यक्ती गर्ने तिजले सामाजिक एकता, महिला सशक्तिकरण र सामाजिक सद्धभावना कायम गर्न अवसर निर्माण गर्दै आएको भन्दै उहाँले तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा ग्रहण गर्न सकिने बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासन प्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशिल रहेको बताउनुभएको छ ।तिज पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । नेपाली धार्मिक एवम् सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवम् सम्वद्र्धनका लागि प्रतिवद्ध रहेको उहाँको भनाई छ ।