images
images

पाल्पामा जिपमाथि पहिरो खस्दा तीन जनाको मृत्यु

  • १३ भाद्र २०८०, बुधबार १०:१४

पाल्पा । पाल्पामा गुडिरहेको जिपमाथिबाट सुख्खा पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

रिब्दीकोट गाउँपालिका–२ देउराली जोर्ते र लघुवाको बीचमा आज बिहान सुख्खा पहिरो खसेर गुडिरहेको जिप पुरिँदा तीन जनाको मृत्यु भएको हो । पहिरोले पुरिएर मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले दिनुभयो । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको जिप पहिरोले पुरिएको थियो ।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । सो पहिरोमा घाइते भएका आठ जनालाई भने उद्धार गरी पाल्पाको तानसेनस्थित अस्पतालमाा उपचारका लागि पठाइएको छ । सो स्थानमा सडक डिभिजन पाल्पाले रातिको समयमा १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तोरोन्नतिको काम गर्दै आएको थियो ।