images
images

घरेलु ग्रिनेड पड्किँदा दुई बालबालिकाको मृत्यु

  • १४ भाद्र २०८१, शुक्रबार ०७:०८

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा घरेलु ग्रिनेड पड्केर दुई बालबालिकाको मृत्यु भएको छ ।

फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते दुई बालकालिकाको मृत्यु भएको हो । हिजो दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते भएलगत्तै पाँचथर अस्पताल पु¥याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो ।

तर, उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति करिब १० बजे इलाम पु¥याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने डीएसपी क्षेत्रीले बताउनुभयो । यद्धपी, ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।