images
images

काभ्रेको भुम्लुमा बसको ठक्करबाट महिलाको मृत्यु, नमोबुद्धमा बालिका मृत फेला

  • १४ भाद्र २०८१, शुक्रबार ०७:५७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । हिजो साँझ काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यद्धपी उनको नाम र ठेगान भने खुलेको छैन् । महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा एक बालिका मृत फेला परेकी छिन् । नमोबुद्ध नगरपालिका –६ की १३ वर्षीया खुशी न्यौपाने मृत फेला परेकी हुन् । हिजो घरबाट हराएको खबर पाएलगत्तै खोजीकार्य गर्ने क्रममा दाप्चा खोलाको दहमा खुशीे मृत फेला काभ्रेपलाञ्चोकको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।