काठमाडौँ । चौतर्फी विरोध पछि भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विद्येयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाईएको हो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको आजको बैठकले हदम्यादको प्रावधान हटाउने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी प्रावधान नराख्न सरकार तयार भएको जानकारी गराएसँगै सबै सांसद हदम्यादको विपक्षमा देखिएपछि सो व्यवस्था हटाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको समिति सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो ।
भ्रष्टाचारको हदम्याद सम्बन्धी प्रस्तावमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले पटक पटक प्रश्न उठाएका थिए भने सत्तारुढ कांग्रेसकै महामन्त्री गगन थापाले पनि सो विषय हटाउनुपर्ने बताएका थिए ।