काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय (केयू) मा रहेको ग्रीन हाईड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गर्नुभएको छ ।
विश्वबिद्यालयको २९ औँ दिक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाईड्रोजनबाट सञ्चालन हुने बा १ झ ११११ नम्बरको कारको उद्घाटन गर्नुभयो । सोही कार चढेर दीक्षान्त समारोहस्थल जानुभएका प्रधानमन्त्री ओलीले विश्वबिद्यालयले सञ्चालन गरेको ग्रीन हाईड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको बताउनुभयो ।
कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले काठमाडौँ विश्वबिद्यालयमा मात्र नभई यस प्रकारको नवीनतम काम अन्य स्थानमा पनि सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।