भक्तपुर । भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घट्नाको कारण ट्राफिक जाँच नभएको निश्कर्ष निकालिएको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको छानबिन समितिले ट्राफिक जाँचका कारण दुर्घटना नभएको निश्कर्ष निकालेको हो । छानबिन समितिले गठ्ठाघरमा साउन ३१ गते भएको दुर्घटनाको मुख्य दोषी चालक भएको ठहर गरेको छ । साउन ३१ गते ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८०४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय उत्तम कोइरालको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगत्तै गृहमन्त्रीको निर्देशनमा प्रहरी र प्रशासनले छुट्टा छुट्टै छानबिन समिति गठन गरेको थियो । प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसी र प्रशासनले सहायक सिडिओ निरौलाको नेतृत्वमा समिति बनाएको थियो । यसअघि एसपी केसी नेतृत्वको समितिले पनि ट्राफिकको गल्ती नरहेको निश्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।
यद्धपी, घटनालगत्तै स्थानीयले भने दुर्घट्नास्थल नजिकै ट्राफिक जाँच चलिरहेकाले सोही कारण ट्रकले स्कुटरलाई ठक्कर दिएको भन्दै प्रदर्शन र ट्राफिक प्रहरी माथि आक्रमण गरेका थिए ।
छानबिन समितिले गठ्ठाघरमा साउन ३१ गते भएको दुर्घटनाको मुख्य दोषी चालक भएको ठहर गरेको छ । गठ्ठाघर दुर्घटनामा प्रहरीमाथि आक्रमण गरेको आरोपमा रामेछापका एक सहित चार जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले ट्राफिक प्रहरीमाथि आक्रमण गरेका थिए ।
यसैबीच, गठ्ठाघर दुर्घटनामा प्रहरीमाथि आक्रमण गरेको आरोपमा रामेछापका एक सहित चार जना पक्राउ परेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री, झापाका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली र उद्यपुरका २९ वर्षीय रोहित थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । ट्राफिक प्रहरीले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले ट्राफिक प्रहरीमाथि आक्रमण गरेका थिए ।