काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एकै दिनमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
आज ६ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ५७ पुगेको हो । जसमा बनेपा र धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै १२ / १२ जना संक्रमित भेटिएका छन् । पनौती नगरपालिकामा १० जना संक्रमित भेटिएको छ । संक्रमित भएका मध्ये २७ जना पुरुष र ३० जना महिला रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।