काठमाडौं । सरकारले कनिष्टलाई मुख्यसचिव नियुक्त गरेपछि दुई सचिवले पदबाट राजिनामा दिएका छन् ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले चौंथो वरियताका एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि सरकारका दुई सचिवले राजिनामा दिएका हुन् । राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।
अर्याललाई मुख्यसचिव बनाएसँगै पहिलो वरियताका ज्ञवाली र तेस्रो वरियताका भट्टराईले राजिनामा दिएका हुन् । भट्टराईले आज राजिनामा दिएपनि ज्ञवालीले हिजै राजिनामा दिएका थिए । उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन् ।
वरिष्ठताको आधारमा आफूलाई मुख्य सचिव बनाउने छनक नपाएपछि ज्ञवाली बुधवार दिउँसोदेखि नै कार्यालयमा थिएनन् । ज्ञवालीको कार्यकाल यही २२ गते सकिँदै थियो ।