images
images

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने (तस्वीरसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) ओ शिखर सम्मेलनमा सहभागि हुन आज चीन पुग्नुभएको हो । चीनिया राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली स्थानीय समयअनुसार आज दिउँसो ३ः१५ बजे चिनको थियानजिन विनहाई अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरको छन् ।

ओली र चिनियाँ राष्ट्रपतिबिच आजै भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको आज साँझपख राष्ट्रपति सीसँग करिब २० मिनेट भेटवार्ता हुने भएको हो। तियान्जिन गेष्ट हाउसमा हुने भेटवार्तामा राष्ट्रपति सीले ५ः३० देखि ५ः५० सम्म समय उपलब्ध गराएको बताईएको छ ।