images
images

बडा दशैंको अवसर पारेर चलचित्र ‘बाबरी’को प्रदर्शन

  • १४ आश्विन २०७९, शुक्रबार ०९:२८

बडा दशैंको अवसर पारेर आजबाट फिल्म ‘बाबरी’ले प्रदर्शन थालनी गरेको छ।

दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्मलाई बक्सअफिसमा भने दुई ठूला भारतीय फिल्म ‘विक्रम वेधा’ र ‘पिएस वान’को चुनौती छ । दुई फिल्मका कारण ‘बाबरी’ले चर्चाअनुरुप ठूलो संख्यामा मल्टीप्लेक्सहरुमा शोज पाउन सकेको छैन । तर, पाएको शो सुखद् छ ।

‘वर्ड अफ माउथ’ बलियो हुन सके फिल्मले दशैंको एक हप्ता लामो विदाको फाइदा पनि उठाउन सक्नेछ । अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी ४ वर्षपछि पर्दामा फर्किएकाले उनीहरुको फ्यान फ्लोइंगले पनि सुरुवाती व्यापारमा भूमिका खेल्न सक्ने विश्लेषण गरिएको छ ।