
दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले दशैँ तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेकपा माओवादी केन्दले आज दोलखा सदरमुकाम चरिकोटमा चियापान कार्यक्रमको आयोजना गरेको हो । माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक कुल बहादुर बुढाथोकीको अध्यक्षतामा भएको चियापानकार्यक्रममा माओवादी केन्द्र दोलखाका युवा नेता एवम् बागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्का, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, केन्द्रिय अनुशासन आयोगका सदस्य दिनेश प्रसाद शिवाकोटी, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, राप्रपा केन्द्रिय सदस्य नवराज श्रेष्ठ लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको उपस्थिती थियो ।
यस्तै दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य रामेश्वर मानन्धर, दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देल लगायतको सहभागिता थियो ।