काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
चाडपर्व नजिकिएसँग इन्धनको मूल्य घटेको हो । निगमका अनुसार पट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटेको छ । भोली बिहान देखि लागु हुने गरी निगमले पट्रोलमा एक रुपैंयाँ, डिजेलमा दुई रुपैंयाँ तथा मट्टीतेलमा दुई रुपैंयाले मूल्य घटाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैंया बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ ।
नेपाल आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।