काठमाडौं । सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार जनही दुई लाख राहत रकम दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अपरान्ह ४ बजे प्रेसमिट गरेर राहतको अन्य प्याकेज घोषणा गर्ने पनि निर्णय भएको छ । राहतकोषमा एक अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय भएको छ ।
त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने पनि निर्णय भएको छ ।