images
images

जिरी स्टोन पार्कको नयाँ आकर्षणः घोडा चढेर पार्कमा सरर

  • १३ कार्तिक २०७९, आईतवार ०७:३२

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीको श्यामास्थित स्टोन पार्कमा घोडा चढेर यात्रा गर्न पाइने भएको छ ।

जिरी नगरपालिका वडा नम्बर १ पुम्पास्थित स्टोन पार्कमा अब घोडा चढेर अवलोकन गर्न पाइने भएको हो । केही वर्षयता पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगिएको स्टोन पार्कमा अब घोडा चढेर यात्रा गर्न सकिने छ । स्थानीय सपुत बुढाथोकीले ३ महिनादेखि आफ्नै घोडा पार्क आसपास छोड्ने गरेपछि स्टोनपार्क घुम्न जाने पर्यटकहरु अहिले घोडा चढेर पार्कको अवलोकन गर्ने गरेका छन् । जिरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आङपासाङ शेर्पाले स्टोनपार्क आउने पर्यटकहरु स्थानीय व्यक्तिको घोडा चढेर पार्कको अवलोकन गर्ने गरेको बताउनुभयो ।

तर, पार्कमा घोडा राख्नका लागि नगरपालिकाबाट स्विकृति भने लिइएको छैन । स्टोन पार्ककको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन लागि नगरपालिकाबाट स्वीकृती लिएर सोही घोडा राख्ने र अन्य घोडाहरु पनि थप गर्दै लैजाने योजना बनाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । स्टोन पार्कमा यसअघि नै गुरु रिम्पोछे र शिवको मूर्ति स्थापना भएको थियो । पछिल्लो पटक स्वीमिङ पुल लगायतका संरचना थपिएसँगै अहिले दोलखाको पर्यटकीय स्थलहरुमध्य स्टोन पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।

जिरी नगरपालिका वडा नम्बर १ पुम्पास्थित स्टोन पार्कमा अब घोडा चढेर अवलोकन गर्न पाइने भएको हो । केही वर्षयता पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगिएको स्टोन पार्कमा अब घोडा चढेर यात्रा गर्न सकिने छ । अब स्टोन पार्कभित्र जानका लागि टिकट लिने निर्णय लागु भएसँगै पार्कभित्र घुम्ने, घोडा चढ्ने, स्वीमिङ गर्ने र कुनै कार्यक्रम गर्नुपरेमा शुल्क लाग्ने वडा कार्यालयले जनाएको छ । स्टोन पार्कसम्म जिरी बजारबाट रामेछापको ठोसे र शिवालय हुँदै तथा जिरीबाट माली श्यामा हुँदै पुग्न सकिन्छ । 

स्टोन पार्कमा यसअघिनै पर्यटकहरुका लागि पर्यटक प्रतिक्षालय, हेलिप्याड, पार्कसम्म जाने बाटोको सोलिङ, तारबार सहितको कम्पाउण्ड, पार्कभित्रै शौचालय र खानेपानीको व्यवस्था तथा बालबालिकाहरुको लागि फन पार्कको व्यवस्था गरिएको थियो । तर, पार्कभित्र बनाएको संरचना व्यवस्थित नभएपछि अब टिकटको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ । स्टोन पार्कभित्र जानका लागि टिकट लिने निर्णय भइसकेको र कार्यपालिकाको बैठक बसेपछि सो नियम लागु गरिने वडाध्यक्ष शर्पाले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा स्टोन पार्कमा अझै थप संरचनाहरु थपिनेछ । रोटे पिङ, भजनर्कितनका लागि एउटा ट्रस हाउस, क्यान्टिन, सुरक्षा गार्ड हाउस लगायतका संरचनाहरु थपिने बताइएको छ ।

अब स्टोन पार्कभित्र जानका लागि टिकट लिने निर्णय लागु भएसँगै पार्कभित्र घुम्ने, घोडा चढ्ने, स्वीमिङ गर्ने र कुनै कार्यक्रम गर्नुपरेमा शुल्क लाग्ने वडा कार्यालयले जनाएको छ । स्टोन पार्कसम्म जिरी बजारबाट रामेछापको ठोसे र शिवालय हुँदै तथा जिरीबाट माली श्यामा हुँदै पुग्न सकिन्छ । अहिले दैनिक ५० देखि ६० जनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरु स्टोनपार्क घुम्न जाने गरेका छन् ।