
काठमाडौं । नवलपरासीमा बस दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
जिल्लाको बुलिङटारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख७५८० नम्बरको बस बुलिङटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मनकामना दर्शन गर्न गएका दर्शनालु बोकेको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी २४ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।