images
images

माओवादी नेतृ देवीको आग्रह, ‘पटक–पटक एमालेले अवसर पायो, यो पटक गठबन्धनलाई रोजौं’

  • १३ कार्तिक २०७९, आईतवार १७:४१

दोलखा । नेकपा माओवादी केन्द्रकी नेतृ देवी खड्काले आसन्न निर्वाचनमा दोलखामा गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभएको छ ।

बाम–लोकतान्त्रिक गठबन्धन स्थानीय तहको निर्वाचनमै सफल भएको भन्दै उहाँले प्रतिनिधिसभा र प्रदेशसभामा पनि गठबन्धनकै पक्षमा नतिजा आउने दावी गर्नुभयो । हाम्रो रेडियोको विशेष कुराकानीमा बोल्दै माओवादी केन्द्रकी पोलिट्व्युरो सदस्य समेत रहेकी नेतृ खड्काले संबिद्यानको रक्षा, विकास र समृद्धिकालागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुको विकल्प नरहेको बताउनुभयो । दोलखामा अधिकाँश संसदीय निर्वाचनमा एमाले विजयी भएको र स्थानीय सरकार समेत एमालेले ५ बर्ष चलाउँदा विकास निर्माणका काम र जनपक्षीय काम हुन नसकेका कारण दोलखाली जनताले आगामी निर्वाचनमा गठबन्धनलाई रोज्नु पर्ने उहाँको भनाई छ । संसद र सरकारमा एमालेलाई जनताले पटक–पटक अवसर दिएको उल्लेख गर्दै उहाँले अव एक पटक गठबन्धनलाई जिताएर हेर्न मतदातालाई आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रकी नेतृ देवी खड्काले आसन्न निर्वाचनमा दोलखामा गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा नेकपा एमाले र गठबन्धन दलबिच प्रतिस्पर्धा कडा हुने भए पनि गठबन्धनको पक्षमा जनमाहौल, जनभावना र जनआधार रहेको नेतृ खड्काको भनाई छ । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनलाई आधार बनाएर हेर्दा समेत गठबन्धनको पक्षमा जनमाहौल देखिएको उहाँको दाबी छ । 

परम्परागत रुपमा रहेको भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्दै जिल्लामा स्थानीय सरकार र प्रदेश सरकारवाट अहिले सुरु गरिएका महत्वका विकास निर्माणका कामलाई अघि बढाउनका लागि पनि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन उहाँले आव्हान गर्नुभयो । आगामी निर्वाचनमा नेकपा एमाले र गठबन्धन दलबिच प्रतिस्पर्धा कडा हुने भए पनि गठबन्धनको पक्षमा जनमाहौल, जनभावना र जनआधार रहेको नेतृ खड्काको भनाई छ । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनलाई आधार बनाएर हेर्दा समेत गठबन्धनको पक्षमा जनमाहौल देखिएको उहाँको दाबी छ । मतदाताले स्थानिय तह निर्वाचनमा गठबन्धलाई ७ स्थानिय तह र ५० वटा वडामा जिताएको भन्दै नेतृ खड्काले गठबन्धनलाई संघ र प्रदेशमा पनि जिताएर ५ वर्षको कार्य मुल्याकंन गर्न आग्रह गर्नुभएको छ । गठबन्धन दलले जितेमा वेरोजगारी, गरिबी, शिक्षा र स्वास्थ्यमा देखिएका समस्याको अन्त्य गर्ने नेतृ खड्काको दावी छ ।

अर्को फरक प्रसंगमा नेतृ खड्काले नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जवाट गरेको राजिनामा असन्तुष्टिले नभई अस्वस्थताका कारण भएको स्पस्ट पार्नुभयो । यद्धपि, पार्टी केन्द्रले समानुपातिक र प्रतक्ष्यतर्फ उम्मेदवार छनौट गर्दा विधि र प्रक्रियालाई ख्याल नगरेको र महिलालाई उपेक्षा गरेको उहाँको गुनासो छ ।