काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाईने काग तिहार आज कागको पूजा गरी मनाईँदै छ ।
सूूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज काग तिहार मनाउनुुपर्ने निर्णय गरिएको नेपाल पन्चांग निर्णायक विकास समितिले जनाएको छ । सनातन हिन्दु समाजमा यमराजको दूत तथा सन्देशबाहक पन्छीको रुपमा कागको पूजा गरि मनाइदैँछ ।
यमराजको दूतका रुपमा पुुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्पजस्ता प्राकृति विपत्तिको अग्रिम सूचना दिने विश्वास गरिएको छ ।