काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन निर्माणमा ढिलाई हुने देखिएको छ ।
असोजको दोस्रो साता सुनकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिका कारण सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन निर्माणमा ढिलाई हुने भएको हो । रामेछाप र सिन्धुली जिल्लाको सीमा क्षेत्र सुनकोशी नदीमा निमार्ण भइरहेको आयोजनाको मुख्य बाँधस्थलमा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गरी बाँध निमार्णको बाँकी कामलाई अगाडी बढाउने काम सुरु गरिएको छ ।
बाढीले विभिन्न उपकरणहरु लगायत निमार्ण भैरहेको ड्याममा समेत क्षती पुर्याएको र क्षतीको पूर्ण संकलन भइरहेको सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक मित्र बरालले जानकारी दिनुभयो ।
आयोजनाको बाँध निमार्ण कार्य भने सुनकोशी नदीमा पानीको बहाव कम भएपछि सुरु गर्ने बरालको भनाई छ ।