दोलखा । नेकपा एमालेले गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनका लागि उमा मगर शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले गौरीशंकर गाउँ पार्टी कमिटिको आज बसेको बैठकले उपनिर्वाचनमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकबाट मगरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको एमाले नेता एवम् गौरीशंकर गाउँपालिकाका ईञ्चार्ज जंग गुरुङले जानकारी दिनुभयो । दोलखाको गौरीशंकर गाउँपालिका ७ मार्वु स्थायी घर भएकी शेर्पा एमालेको संगठित सदस्य हुन् ।
उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले यसअघि नै उम्मेद्धवार टुंगो लगाईसकेका छन् । माओवादी केन्द्रले निमलेकी शेर्पा र कांग्रेसले पासदिकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।